बुधबार, असार १८, २०८२
  • गृहपृष्ठ
  • शिक्षा/स्वास्थ्य
  • सन्‌राइज बैंकद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वीलचिअर हस्तान्तरण

सन्‌राइज बैंकद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वीलचिअर हस्तान्तरण

सन्‌राइज बैंकले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चिअर हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्ने क्रममा बैंकले बुधबार प्रतिष्ठानलाई ट्रली र ह्वील चिअर हस्तान्तरण गरेको हो।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं- सन्‌राइज बैंकले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चिअर हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्ने क्रममा बैंकले बुधबार प्रतिष्ठानलाई ट्रली र ह्वील चिअर हस्तान्तरण गरेको हो। 

बुधबार प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्वील चिअर प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरे। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा विशेष प्राथमिकता दिएर काम गरिरहेको राणाले जानकारी दिइन्। 

सोही कार्यक्रममा प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले अस्पताललाई आवश्यक सामग्री सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे। बैंकले हरेक बर्ष आफ्नो नाफाको १ प्रतिशत संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ। गतवर्ष मात्र पनि नारी स्वास्थ्य र क्यान्सरसम्बन्धी सचेतना लगायत विभिन्न १५० भन्दा बढी कार्यक्रमहरु गरेको बैंकले जनाएको छ।


प्रकाशित: Aug 26, 2022| 12:57 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्