बुधबार, असार १८, २०८२

आठौं संस्करणको शैक्षिक मेला भदौ १२ र १३ गते हुने

नेपालमै उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी भिजन मिडिया इनकर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा आठौं संस्करणको शैक्षिक मेला हुने भएको छ।
 |  शुक्रबार, भदौ १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १०, २०७९

काठमाडौं– नेपालमै उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी भिजन मिडिया इनकर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा आठौं संस्करणको शैक्षिक मेला हुने भएको छ। नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा यही भदौ १२ र १३ गते शैक्षिक मेला हुने भएको हो।

ुलर्न लोकल्ली फिट ग्लोबल्लीु भन्‍ने नाराका साथ उक्त मेला आयोजना गर्न लागिएको हो। उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु विभिन्‍न मुलुक जाने क्रम बढ्दै जाँदा स्वदेशमै उच्च हासिल गर्नका लागि उच्च गुणस्तरका शैक्षिक संस्था छन् भन्‍ने जानकारी विद्यार्थीमाझ पुग्‍नु एकदमै आवश्यक भइसकेको आयोजकले बताएको छ। 

यसै सन्दर्भलाई समेत ध्यानमा राखेर मेलाको आयोजना गर्न लागिएको हो। मेलामा नेपालमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्थामार्फत विद्यार्थीले आवश्यक परामर्श पाउन सक्नेछन्। नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन्।

मेलाको मुख्य प्रायोजक इन्स्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट कलेज रहेको छ। आगामी आइतबार र सोमबार २ दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्‍चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय तथा विभिन्‍न अन्तर्राष्ट्रिय विश्विविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन्। 

त्रिभुवन विश्वविद्यालयको शंकरदेव क्याम्पस, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको इन्स्टिच्युट अफ इन्टरनेशनल म्यानेजमेन्ट साइन्सलगायतले पनि परामर्श दिने प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेले जानकारी गराएका छन्।

प्रकाशित: Aug 26, 2022| 12:23 शुक्रबार, भदौ १०, २०७९
प्रतिक्रिया दिनुहोस्