बुधबार, असार १८, २०८२

गम्भीर रोगका बिरामीलाई औषधोपचार खर्च दिँदै महानगर

महानगरले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार उपलब्ध गराउने।
 |  बिहीबार, भदौ ९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ९, २०७९

काठमाडौं– काठमाडौं महानगरले मिर्गौला, क्यान्सर  र मेरुदण्ड पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने भएको छ। महानगरले बिहीबार सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधोपचारबापत खर्च उपलब्ध गराइने बताएको हो।

यस्ता बिरामीलाई मासिक ५ हजार खर्च उपलब्ध गराइने सूचनामा उल्लेख छ। महानगरले तोकिएका बिरामीलाई निवेदन दिन सूचनामार्फत आग्रह गरेको छ। महानगरको ३१ साउनको निर्णयअनुसार बिरामीको विवरण माग गरिएको हो।

महानगरमा स्थायी बसोबास गरिरहेका र राज्यबाट अन्य कुनै सेवा–सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएका बिरामीलाई बिरामीको विवरण कागजातसहित आफ्नो वडा कार्यालयमा निवेदन दिन भनिएको छ।

निवेदन दिन नेपाली नारिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अन्यत्रबाट बसाइँ सरेर आएको हकमा बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि, चिकित्सकबाट प्रमाणित गर्न उपचार भइरहेको अस्पतालको चिकित्सकबाट प्रमाणित गरिएका अन्य कागजात र मेरुदण्ड पक्षघात भएका व्यक्तिका हकमा अपांगता परिचयपत्रको (रातो वा नीलो) प्रतिलिपि बुझाउन महानगरले आग्रह गरेको छ।

महानगरले आर्थिक वर्ष २०७८/७९ को बजेटमा मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार औषधी खर्च दिइने घोषणा गरेको थियो।

प्रकाशित: Aug 25, 2022| 16:52 बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्