शनिबार, असार २१, २०८२

एचआईभी संक्रमितलाई रोजगारी दिन सरकारलाई सुझाव

सोमबार एचआईभीको विषयमा भएको छलफलमा सभापति जयपुरी घर्तीले एचआईभी संक्रमितलाई रोजगारी दिलाउने विषयमा समिति संवेदनशील भएको भन्दै रोजगारीको व्यवस्थापनका लागि सरकारलाई सुझाव पठाउने बताइन्।
 |  सोमबार, भदौ ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ६, २०७९

काठमाडौं- संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिले एचआईभी संक्रमितलाई रोजगारी दिलाउने विषयमा सरकारलाई सुझाव पठाउने निर्णय गरेको छ। सोमबार एचआईभीको विषयमा भएको छलफलमा सभापति जयपुरी घर्तीले एचआईभी संक्रमितलाई रोजगारी दिलाउने विषयमा समिति संवेदनशील भएको भन्दै रोजगारीको व्यवस्थापनका लागि सरकारलाई सुझाव पठाउने बताइन्। 

एचआईभी संक्रमितले अझै समाजमा सम्मानजनक बाँच्‍ने अवस्था नभएको भन्दै एचआईभी एड्स महासंघ नेपालका खगेन्द्र खड्काले जातीय विभेदभन्दा रोगको विभेदले समाजमा बाँच्‍न गार्‍हो भएको बताए। अझै पनि जिल्लाहरुमा एचआईभी संक्रमितको लागि सहज उपचार नभएको भन्दै संक्रमितहरु काठमाडौं नै आउनुपर्ने बाध्यता भएको बताए। 

सरकारले नीति तथा कार्यक्रममा एचआईभी संक्रमित बालबालिकालाई मासिक एक हजार उपलब्ध गराइने उल्लेख गरे पनि बजेट नछुट्याएको उनले बताए। उनले भने, ‘नीति तथा कार्यक्रममा बालबालिकालाई सामाजिक संरक्षण अनुदान अन्गर्त मासिक एक हजार दिइने भए पनि बजेट भने छुट्याइएको छैन।’


प्रकाशित: Aug 22, 2022| 19:16 सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्