काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार ४२३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०२ तथा एन्टिजेन विधिबाट ८४ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ४७९ जना संक्रमणमुक्त पनि भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार ३४८ पुगेको छ। यस अवधिमा थप संक्रमितको मृत्यु भने भएको छैन। नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ११ हजार ९९२ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ३४३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्।