शनिबार, असार २१, २०८२

प्रदीप गिरी भेन्टिलेटरमै, स्वास्थ्य अवस्था स्थिर

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। गिरिका स्वकीय सचिव कृष्ण खनालले गिरी राति १० बजेसम्म भेन्टिलेटरमै रहेको र स्वास्थ्य अवस्था स्थिर भएको जानकारी दिएका छन्।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं-  नेपाली कांग्रेसका नेता तथा सांसद  प्रदिप गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। गिरिका स्वकीय सचिव कृष्ण खनालले गिरी राति १० बजेसम्म भेन्टिलेटरमै रहेको र स्वास्थ्य अवस्था स्थिर भएको जानकारी दिएका छन्। 

उनले भने, 'उहाँ (प्रदीप गिरी)लाई राति १० बजेसम्म भेन्टिलेटरमा नै राखिएको छ। र स्वास्थ्यअवस्था स्थिर रहेको छ।

त्यसैगरी उपचारमा संलग्‍न एक चिकित्सकले पनि गिरी उपचाररत अवस्थामा नै रहेको जानकारी दिएका छन्। टेलिफोन सम्पर्कमा उनले भने, 'म भर्खर  उहाँलाई ( प्रदीप गिरी)लाई आईसीयुमा हेरेर फर्केको छुँ। सामाजिक सञ्जालमा हतारमा लेखेका कुराहरुले दुःखी छुँ। उहाँ (प्रदीप गिरी) उपचाररत अवस्थामा हुनुहुन्छ।'  

स्वास्थ्यमा समस्या देखिएपछि एक साताभन्दा लामो समयदेखि गिरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत छन्। उनी घाँटीको क्यान्सरसम्‍बन्धी समस्याबाट पीडित छन्। पछिल्लो केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको छ। उनी यसअघि भारतमा उपचार गराएर फर्किएका थिए।

कांग्रेस महामन्त्री विश्‍वप्रकाश शर्माले यतिबेला उनलाई प्रार्थनाको जरुरी रहेको बताएका छन्। उनले सामाजिक सञ्‍जालमा लेखेका छन्, 'अनेक हल्लाहरु केवल हल्ला मात्र हुन्। जीवनका लागि संघर्षरत आदरणीय अग्रज बौद्धिक व्यक्तित्व प्रदिप गिरी अस्पतालबाट स्वस्थ भएर घर फर्किन सक्नुहोस्। सबैले यहि कामना गरौं!'

शुक्रबार दिउँसो कांग्रेस नेता बिमलेन्द्र निधि अस्पतालमै पुगेर  गिरीको स्वास्थ्य अवस्थाबारे बुझेका छन्। अस्पतालबाट फर्केर गिरीको स्वास्थ्य लाभको कामना गरेका थिए। निधिले भनेका छन्,'मेडिसिटीमा दोस्रो पटक प्रदिप गिरीलाई भेटेर बाटोमा फर्किदैछु। स्तब्ध र निरिह छु। ईश्वरी चमत्कारका लागि प्रार्थना गर्दछु। सबैले प्रार्थना गरौं।'

प्रकाशित: Aug 19, 2022| 22:26 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्