शनिबार, असार २१, २०८२

२४ घण्टामा थपिए ६२३ कोरोना संक्रमित

सोही समयमा ४८७ जना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार २४ जना सक्रिय संक्रमित छन्। शुक्रबार ४९ जना कोरोना संक्रमित आइसियूमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  ४ हजार ९४५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

सोही समयमा ४८७ जना संक्रमणमुक्त भएका छन् भने हाल ५ हजार २४ जना सक्रिय संक्रमित छन्। शुक्रबार ४९ जना कोरोना संक्रमित आइसियूमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण सुरुभएयता नेपालमा हालसम्म ११ लाख ४३ हजार ६९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उनीहरुमध्ये ११ हजार ९९० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।


प्रकाशित: Aug 19, 2022| 16:18 शुक्रबार, भदौ ३, २०७९
प्रतिक्रिया दिनुहोस्