काठमाडौैं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार २ हजार ८२ जनाको पीसीआर परीक्षणमा २२४ र २ हजार ८४८ को एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा कसैको पनि मृत्यु भएको छैन। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २६५ रहेको मन्त्रालयले बताएको छ।