शनिबार, असार २१, २०८२

कपिलवस्तुमा फैलियो डेंगु

वाणगंगा नगरपालिकामा ४६ जना संक्रमित भेटिएको नगरपालिकाले पुष्टि गरेको छ। कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउँपालिकामा १ जना संकमित भएको भनिएपनि पुष्टि भएको छैन।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

कपिलवस्तु- वाणगंगा नगरपालिकामा ४६ जना संक्रमित भेटिएको नगरपालिकाले पुष्टि गरेको छ। कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउँपालिकामा १ जना संकमित भएको भनिएपनि पुष्टि भएको छैन। 

बाणगंगा नगरपालिकाका ६ जना संक्रमितको अवस्था गम्भीर रहेकाले उपचारका लागि बुटवल पठाइएको छ। बाँकी संक्रमितहरूको नगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरभित्र डेंगुका बिरामी बढेपछि मंगलबार नगरका विभिन्न स्थानको निरीक्षण गरेको बताए।

मंगलबार नगरका सबै सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई बोलाएर बाणगंगाले यस विषयमा सक्रियतापूर्वक काममा लाग्न निर्देशन दिए पनि जिल्ला जनस्वास्थय कार्यालयले चासो देखाएको छैन।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले भने बाणगंगा नगरपालिकामा ३९ जना बिरामी भेटिएको स्वीकार गरे। उनले स्थानीय तहमा रहेको स्वास्थ्य शाखासँग सम्पर्क, समन्वय गरी जनसमुदायमा चेतनामूलक कार्यक्रमलाई तीव्रता दिने बताए।

गत वर्ष हैजाको सूचना लुकाउँदा आम नागरिकहरूमा हैजा फैलिँदा ठूलो समस्या सिर्जना भएको थियो।

प्रकाशित: Aug 16, 2022| 22:14 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्