शनिबार, असार २१, २०८२

कोभिड अपडेट : ८४८ संक्रमित थपिए, ६८ जना आईसीयूमा

पछिल्लो २४ घण्टामा देशभर ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। 

त्यस्तै सोही समयमा ५२६ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ। हाल नेपालमा ५ हजार २५९ जना सक्रिय कोरोना संक्रमित होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा छन्। त्यस्तै ६८ जना आईसियू तथा ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 16, 2022| 17:33 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्