शनिबार, असार २१, २०८२

सोमबार थपिए ८८८ कोरोना संक्रमित

५,७३७ जनाको कोरोना परीक्षणमा ८८८ मा संक्रमण पुष्टि भएको हो।
 |  सोमबार, साउन ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३०, २०७९

काठमाडौं– पछिल्लो २४ घन्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार ५,७३७ जनाको कोरोना परीक्षणमा ८८८ मा संक्रमण पुष्टि भएको हो ।

३,१५५ पीसीआर परीक्षणमा ४२७ र २,५८२ एन्टिजेन परीक्षणमा ४६१ गरी ८८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ। पछिल्लो २४ घन्टामा ४७४ कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५,३८७ रहेको छ।

प्रकाशित: Aug 15, 2022| 16:22 सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्