काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्राविधिक जनशक्ति माग गरेको छ।
आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभिन्न अनुसन्धान परियोजनाका लागि परिषद्ले जनशक्ति माग गरेको हो।
योग्यता पुगेका इच्छुकलाई सात दिनभित्र आवेदन दिन भनिएको छ। दरखास्त शुल्क एक हजार रुपैयाँ रहेको छ।