शनिबार, असार २१, २०८२

भदौ ५ देखि ५० जिल्लामा बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिइनेछ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- सरकारले भदौ ५ गतेदेखि देशका ५० जिल्लामा ५ देखि १२ बर्ष उमेरका बालबालिकाका लागि कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिइनेछ। 

यसअघि २७ जिल्लामा सरकारले सो उमेरसमुहका बालबालिकालाई देखि खोप अभियान सञ्चालन गरिसकेको छ। 

कतिपय स्थानिय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यालय वा विद्यालयमा सम्पर्क गरी खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ।


प्रकाशित: Aug 12, 2022| 19:05 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्