काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार ४ हजार ७१२ मा गरिएको नमुना परीक्षणमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। नेपालमा हाल ५ हजार ७७५ जना सक्रिय संक्रमित छन्।