काठमाडौं- बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ६०० जना स्वास्थ्यकर्मीलाई रोजगारीका लागि आवेदन खुला गरेको छ।
१३८ जना चिकित्सक र १३७ जना नर्सिङ कर्मचारीसहित ६०० जनाको रोजगारीका लागि आवेदन खुला गरेको हो। शुक्रबार स्वास्थ्य मन्त्रालय हेटौडाले ५० पदमा ६०० कर्मचारी माग गरेको हो।
जसमा ७१ जना नवौँ तहका कन्सल्ट्यान्ट चिकित्सक र ५० जना आठौँ तहका मेडिकल अधिकृत, ८ जना डेन्टल सर्जन, ८ जना आयुर्वेद चिकित्सक र १ होमियाप्याथी चिकित्सक माग गरिएको छ।
यस्तै, सातौँ तहका १२ जना नर्सिङ अधिकृत र पाँचौँ तहका १२५ जना स्टाफ नर्सका लागि समेत आवेदन माग गरिएको हो।
त्यस्तै मन्त्रालयले नवौँ तहको १ जना औषधी व्यवस्थापक, सातौँ तहका २५ जना जनस्वास्थ्य अधिकृत, १ जना बायोमेडिकल इन्जिनियर, ११ जना मेडिकल ल्याब टेक्नोलोजिष्ट पदमा पनि आवेदन माग गरेको छ। सातौँ तहकै ६ जना रेडियोग्राफी टेक्नोलोजिष्ट, १ जना फार्मेसी अधिकृत, ७ जना फिजियो थेरापिष्ट, १ जना सिभिल इन्जिनियर माग गरेको छ।
यसैगरी, पाँचौँ तहका बायोमेडिकल टेक्नीसियन १० जना, इलेक्टीक टेक्नीसियन १ जना, ल्याब टेक्नीसियन ३३ जना, हेल्थ असिस्टेन्ट २१ जना, उत्पादन सहायक ४ जना, रेडियोग्राफर २५ जना, फार्मेसी सहायक २६ जना, अप्थाल्मिक असिस्टेन्ट ४ जना, एनेस्थेटिक सहायक ६ जना, मेडिकल रेकर्डर सुपरभाइजर ७ जना र अकुपञ्चरिष्ट १३ जना माग गरेको छ।
यस्तै, चौथो तहका सहायक कम्प्युटर अपरेटर २७ जना, डेन्टल हाइजिनिष्ट ८ जनाका लागि आवेदन माग गरेको छ।
त्यस्तै हलुका सवारी चालक ६ जना, स्वीपर ६५ जना, एम्बुलेन्स चालक १ जना, औषधी कुटुवा ३ जना, कार्यालय सहयोगी ५ जना र सुरक्षा गार्ड ७ जना माग गरिएको छ। उक्त जनशक्ति १ वर्षका लागि करारमा लिन लागिएका हो।