काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा पाँच जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ।
४ हजार ५३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ४११ जनाको पिसिआर र २ हजार १२३ जनाको एन्टिजेन परीक्षणका क्रममा ८१५ जना संक्रमित फेला परेका हुन्। अहिले देशभर ५,८६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।