शनिबार, असार २१, २०८२

स्वास्थ्यका ५ उच्च पदस्थ कर्मचारीको जिम्मेवारी हेरफेर

मन्त्रालयमा लामो समयदेखि रिक्त रहेको समन्वय महाशाखामा डा. सञ्जयकुमार ठाकुरलाई ल्याइएको छ। ठाकुर यसअघि यसअघि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक थिए।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मन्त्रालयअन्तर्गतका ५ जना उच्च पदस्थ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रायका अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।

मन्त्रालयमा लामो समयदेखि रिक्त रहेको समन्वय महाशाखामा डा. सञ्जयकुमार ठाकुरलाई ल्याइएको छ। ठाकुर यसअघि यसअघि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक थिए।

राष्ट्रिय क्षेयरोग नियन्त्रण केन्द्रमा सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयकी सचिव रीता जोशीलाई ल्याइएको छ। त्यस्तै मन्त्रालयमा फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश १ को प्रदेश स्वास्थ्य निर्देशनालयमा काजमा पठाइएको छ। 

हेटौँडास्थित राष्ट्रिय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको निर्देशकमा डा. विश्वबन्धु बगालेलाई लगिएको छ भने केन्द्रका निर्देशक केशवराज पण्डितलाई मन्त्रालय तानिएको छ।

प्रकाशित: Aug 10, 2022| 16:09 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्