काठमाडौं - घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा।लिले वैदेशिक लगानी भित्र्याएको छ।
स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने उद्देश्यले हेल्थ एट होमले बिजनेस अक्सिजन प्रालिमार्फत वैदेशिक लगानी भित्र्याएको हो। लगानी आएसँगै घरघरमा पुगेर सेवा गर्ने कार्य आम मानिसको पहुँचमा पुग्ने हेल्थ एट होमको विश्वास छ। साथै नयाँ लगानीले जनशक्ति विस्तार र रोजगारी सिर्जनामा पनि नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ।
१२ वर्षअगाडि विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ। हाल हेल्थ एट होममार्फत करिब १० हजारभन्दा बढी घरले स्वास्थ्य सेवा लिइरहेका छन्। हेल्थ एट होममा हाल चार सय जनाभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन्। हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ।
हेल्थ होमले कोभिड महामारिका बेलामा पनि घरघरमै पुगेर उपचार गर्दै आइरहेको छ। देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ। हेल्थ एट होमले विभिन्न किसिमका अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेको छ। हेल्थ एट होम २०१२ मा सूर्य नेपाल सामाजिक उद्यम पुरस्कार र २०१४ मा अमेरिकी सरकारबाट सामाजिक कार्यक्रम पुरस्कार समेत प्राप्त गर्न सफल संस्था हो।