आइतबार, असार २२, २०८२

सोमबार थपिए ९३४ कोरोना संक्रमित

५ हजार ३५१ जनाको परीक्षणमा ९३४ मा संक्रमण पुष्टि भएको हो।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ मा संक्रमण पुष्टि भएको हो।

२ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ मा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ। पछिल्लो २४ घन्टामा ४७० जना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ।

प्रकाशित: Aug 08, 2022| 15:26 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्