बैतडी- बैतडीमा हालसम्म १ लाख ७८ हजार १ सय २० जनाले कोरोना विरूद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार जिल्लाभरि ९७ हजार ६ सय १९ जनाले बुस्टर डोज लगाएका हुन्।
दशरथचन्द नगरपालिकामा २८ हजार ७ सय २८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९ सय ४१ जनाले पूर्ण मात्रा लगाएका हुन्। दशरथचन्द नगरपालिकामा २८ हजार २२५ जनाले बुस्टर डोज लगाएका छन्।
यस्तै पाटन नगरपालिकामा २० हजार ५ सय २८ जनाले खोपको पहिलो मात्रा, २७ हजार ९ सय २९ जनाले पूर्ण खोप तथा १५ हजार ९ सय ११ जनाले बुस्टर डोज लगाएका छन्। पुर्चौंडी नगरपालिकामा २३ हजार ६ सय २१ जनाले खोपको पहिलो मात्रा, २३ हजार ६ सय ४४ जनाले पूर्ण खोप र १३ हजार ६ सय १२ जनाले बुस्टर डोज लगाएका छन्।
मेलौली नगरपालिकामा १४ हजार २१ जनाले खोपको पहिलो मात्रा, १२ हजार ६१ जनाले पूर्ण खोप र ६ हजार २ सय २ जनाले बुस्टर डोज, डिलाशैनी गाउँपालिकामा १९ हजार ६ सय ८५ जनाले खोपको पहिलो मात्रा, १३ हजार ८ सय ९६ जनाले खोपको पूर्ण मात्रा र ८ हजार २५ जनाले बुस्टर डोज तथा दोगडाकेदार गाउँपालिकामा २३ हजार २ सय ३६ जनाले खोपको पहिलो मात्रा, १६ हजार ९ सय ४२ जनाले खोपको पूर्ण मात्रा र ६ हजार ८ सय ९५ जनाले बुस्टर डोज लगाएका छन्।
सुर्नया गाउँपालिकामा १० हजार ३ सय १२ जनाले खोपको पहिलो मात्रा, १० हजार ८ सय ८३ जनाले खोपको पूर्ण मात्रा र ५ हजार ८ सय ९५ जनाले बुस्टर डोज, पञ्चेश्वर गाउँपालिकामा १९ हजार १३ जनाले खोपको पहिलो मात्रा, १३ हजार ५ सय ५४ जनाले पूर्ण खोप र पाँच हजार २३० जनाले बुस्टर डोज लगाएका छन्।
यस्तै शिवनाथ गाउँपालिकामा ८ हजार ८ सय २७ जनाले खोपको पहिलो मात्रा, ११ हजार २ सय ५१ जनाले पूर्ण खोप र ४ हजार ९ सय ९८ जनाले बुस्टर डोज लगाएका छन्। सिगास गाउँपालिकामा ९ हजार ३३२ जनाले खोपको पहिलो मात्रा, ११ हजार ७ सय १९ जनाले पूर्ण खोप र २ हजार ६ सय २५ जनाले बुस्टर डोज लगाएका छन्।
जिल्लामा हाल कोरोना विरूद्धको खोप लगाउने क्रम जारी छ। यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म ३ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। कोरोनाकै कारण यहाँ १९ जनाको निधन भएको छ। -रासस