काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ६ हजार ४९१ वटा नमुना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी थप एक जना संक्रमितको मृत्यु भएको छ। आज ३०० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज थपिने संक्रमितमा काठमाडौं उपत्यकामा ३९० जना छन्। काठमाडौंमा ३२१, भक्तपुरमा १५ र ललितपुरमा ५४ जना संक्रमित थपिएका हुन्।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार ८ पुगेको छ । आज देशभर रहेका ५ हजार ७६० जना सक्रिय संक्रमितमध्ये ५ हजार ५८७ जना होम आइसोलेसनमा र १७३ जना संस्थागत आइसोलेसनमा छन्।
अस्पतालमा रहेकामध्ये ४२ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।