आइतबार, असार २२, २०८२

कोभिड अपडेट : ७६० संक्रमित थपिए, ४४ जना छन् आईसीयूमा

पछिल्लो २४ घण्टामा देशभर ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जना संक्रमितको मृत्‍यु भएको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जना संक्रमितको मृत्‍यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा काठमाडौं उपत्यकामा ३५१ जना कोभिड १९ संक्रमित थपिएका छन्।

काठमाडौंमा २४६, भक्तपुरमा १७ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन्। योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ८७० पुगेको छ।

आजसम्म चार जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सयभन्दा बढी पुगेको छ। काठमाडौं र ललितपुरसहित मोरङ र कास्कीमा पनि सक्रिय संक्रमित दुई सयभन्दा उकालो लागेको हो। 

आज देशभर रहेका ५ हजार ६०२ जना सक्रिय संक्रमितमध्ये ५ हजार ४४० जना होम आइसोलेसनमा र १६२ जना संस्थागत आइसोलेसनमा छन्।

अस्पतालमा रहेकामध्ये ४४ जना आईसीयूमा र दुई जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 04, 2022| 16:05 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्