सोमबार, जेठ १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भूकम्पले पूर्व धकेलेको सप्तकोसी पश्चिम मोडिँदा बेलकामा कन्तबिजोक

भूकम्पले पूर्व धकेलेको सप्तकोसी पश्चिम मोडिँदा बेलकामा कन्तबिजोक

‘सप्तकोसी वर्षेनि पश्चिम लागिरहेको थियो,’ वडाध्यक्ष चौधरीले भने, ‘विस्तारै सर्दै–सर्दै आइरह्यो, तर नियन्त्रणको काम प्रभावकारी हुन सकेन।’ सप्तकोसीबाट बेलका पश्चिमतर्फ पर्छ।
 |  बुधबार, साउन १८, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, साउन १८, २०७९

विराटनगर- सप्तकोसी नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिका वडा नम्वर ८ बाट बुधबार बिहान बस्तीमा पस्यो। लाहुरेकोट भन्ने ठाउँबाट भंगालो बस्ती पस्दा बेलकाका वडा नम्बर १, २, ३, ८ र ९ प्रभावित भएका छन्। २ हजार ३ सय घरधुरीका मानिसहरूलाई उद्धार गर्ने क्रम जारी छ। 

अहिले कोसीको भंगालो जहाँबाट बस्तीमा पसेको छ, ३४ वर्षअघि पनि नदी त्यँहीबाट बग्ने गर्दथ्यो। ०४५ साल भदौमा आएको भूकम्पका कारण नदी एक्कासी पूर्व धकेलिएको बेलका-१ का वडाध्यक्ष ५६ वर्षीय दिनेश्वरप्रसाद चौधरीले जानकारी दिए। ०४५ साल भदौमा पूर्व मोडिएको सप्तकोशीलाई पुरानै अवस्थामा फर्कन ३४ वर्ष लागेको छ। 

‘सप्तकोसी वर्षेनि पश्चिम लागिरहेको थियो,’ वडाध्यक्ष चौधरीले भने, ‘विस्तारै सर्दै–सर्दै आइरह्यो, तर नियन्त्रणको काम प्रभावकारी हुन सकेन।’ सप्तकोसीबाट बेलका पश्चिमतर्फ पर्छ।

बालुवाले पुरिएर पनि नदीको उचाई बढ्दै गएको चौधरीले बताए। कुनै पनि समय नदी बस्ती पस्छ भनेर संघीय र प्रदेश सरकारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएको उनको गुनासो छ। केही समयअघि उदयपुरका प्रतिनिधिसभा सदस्य तथा मन्त्री डा नारायण खड्का, गृहमन्त्री बालकृण खाँड निरीक्षणमा पुगेका थिए। 

०४५ सालमा कोसीको भंगालो पसेको स्थानमा जंगल रहेको स्थानीय पदकुमार राईले बताउँछन्। ‘२०४५ अघि जंगल नै जंगल र खरघारी थियो। नदी पूर्व फर्किएपछि भटाभट बस्ती बस्न शुरु भयो,' राईले भने, 'जंगल फाँडेर बस्ती बस्न शुरु भयो। नदीको जोखिमलाई बेवास्ता गरियो।’ नदी कुनै दिन पसेर विल्लीबाठ बनाउँछ भनेर त्यो बेला जंगल फाँडेर बस्नेहरुले नसोचेको उनले बताए। राईका अनुसार भंगालो पसेको ठाउँ उच्च भूभागमा रहेकाले कतिपय घर छाडेर हिँडेका छैनन्। नदीको बहाव बढिरहेकाले कम हुन थालेको छैन। 

२३ सय घर प्रभावित

बुधबार बिहान बेलका पसेको कोसीको भंगालोले २ हजार ३ सय घर प्रत्यक्ष प्रभावित भएका छन्। बाढी पसेपछि उद्धार कार्य धमाधम भइरहेको बेलकाका नगरप्रमुख अशोक कार्कीले बताए। उनका अनुसार आज रातिसम्म लगाएर भएपनि प्रभावित क्षेत्रका सबैको उद्धार गरिसकिने छ। उद्धार गरिएकाहरुलाई विद्यालय, रेडक्रसका भवनमा व्यवस्थापन गरिएको छ। 

कोसीको बहाव पूर्णरुपमा आउने र १० किलोमिटरसम्मका बस्ती डुबानमा पर्ने आकलन प्रमुख कार्कीको छ। 'यही रफ्तारमा बहाव बढे १ र २ का सबै बस्ती डुबानमा पर्नेछन्। वडा नम्वर ९, ८ र ३ का नागरिकको उद्धार भइसकेको छ,' कार्कीले जानकारी दिए। 

प्रकाशित: Aug 03, 2022| 22:42 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।