काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टीजेन विधिबाट ३२५ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा थप ३०१ जना संक्रमणमुक्त भएका छन्। बुधबार थपिएकासँगै देशभर सक्रिय कोरोना संक्रमितको सख्या ५ हजार ४३३ पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैले ज्यान नगुमाएको मन्त्रालयले बताएको छ।