सोमबार, असार २३, २०८२

मंगलबार थपिए ८१४ कोरोना संक्रमित

मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको र कसैको पनि मृत्यु नभएको बताएको छ।

मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ र २ हजार ६५३ को एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण देखिएको हो।

मंगलबार थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ। पछिल्लो २४ घन्टामा २९९ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार ४ हजार ९८५ जना होम आइसोलेसनमा छन् भने १५९ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन्।

प्रकाशित: Aug 02, 2022| 17:01 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्