काठमाडौं– केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारमात्रै ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार ५ हजार ९०९ जनाको परीक्षण गर्दा ८९५ मा संक्रमण पुष्टि भएको हो। ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ।
पछिल्लो २४ घन्टामा २६४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको छ। मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन्।
संक्रमितको संख्या बढेसँगै अस्पतालका आईसीयू र भेन्टिलेटरमा रहेका संक्रमितको संख्या पनि बढिरहेको छ। अहिले ४१ जनाको आईसीयू र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रदेश १ मा २, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना आईसीयूमा उपचाररत छन्। यस्तै, बागमती प्रदेशमा ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।