सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • महँगी र भ्रष्टाचारविरुद्ध छाता ओढेर एमालेको प्रदर्शन [फोटो फिचर]

महँगी र भ्रष्टाचारविरुद्ध छाता ओढेर एमालेको प्रदर्शन [फोटो फिचर]

५ दलीय गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर एमालेले सोमबार राजधानीमा विरोध प्रदर्शन गरेको हो।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महंगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ। ५ दलीय गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर एमालेले सोमबार राजधानीमा विरोध प्रदर्शन गरेको हो। 

बसन्तपुरबाट सुरु भएको प्रदर्शन असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिवाटिकामा पुगेर समापन हुनेछ। प्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रिय विभागको सहभागिता छ। 

प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न ब्यानर, ग्याँस सिलिन्डर बोकेर विरोध जनाएका छन्। प्रदर्शनकारीहरुले 'परमादेशी सरकार मुर्दावाद', 'परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन', 'भ्रष्टाचार नियन्त्रण गर्', 'भ्रष्टाचारीलाई कारबाही गर्'लगायतका नारा लगाएका थिए। वर्तमान सरकारले भ्रष्टाचार र बेथिति बढाएको भन्दै एमालेले विरोध गरेको हो।

विरोधका क्रममा वर्षा भएपनि त्यसलाई छाताले छेल्दै प्रदर्शनकारीहरू सहभागी भएका थिए। 


प्रकाशित: Aug 01, 2022| 16:20 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।