काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार ५ हजार ९०९ जनाको परीक्षण गर्दा ८९५ मा संक्रमण पुष्टि भएको हो। ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ।
पछिल्लो २४ घन्टामा २६४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको छ। मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन्।