सोमबार, असार २३, २०८२

सरकारले तोक्यो कोभिडको नि:शुल्क उपचार गर्ने १७ अस्पताल [सूचीसहित]

सरकारले कोभिड-१९ संक्रमितको निःशुल्क उपचारका लागि देशभरका १७ वटा अस्पताल तोकेको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- सरकारले कोभिड-१९ संक्रमितको निःशुल्क उपचारका लागि देशभरका १७ वटा अस्पताल तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती अस्पतालमा कोभिडका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको नि:शुल्क उपचार हुनेछ। 

कोभिडको निशुल्क उपचार गर्ने सरकारी अस्पतालको संख्या बागमती प्रदेशमा ५ वटा छन्। काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। यस्तै भरतपुर अस्पताल चितवनले पनि कोभिडका बिरामीको निशुल्क उपचार गर्नेछ। 

प्रदेश १ मा विराटनगरस्थित कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले कोभिडको निशुल्क उपचार गर्नेछन्। मधेशका जनकपुर प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्जमा उपचार हुनेछ। 

गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र बागलुङको धौलागिरी अस्पताल रहेका छन्। त्यस्तै लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र नेपालगन्जको भेरी अस्पताल, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तोकिएका छन्। 

सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पताल, डडेल्धुरालाई कोभिड-१९ को नि:शुल्क उपचार हुने अस्तपताल तोकिएको छ। 

मन्त्रालयले कोभिड १९ को संक्रमितको उपचारबापत यी अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा अनुदान दिने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार ३१ को निर्णयअनुसार कोभिड संक्रमणको मध्यम अवस्था र गम्भिर अवस्था भएका  बिरामीको नि:शुल्क उपचार गर्ने निर्णय भएको हो।

प्रकाशित: Aug 01, 2022| 15:02 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्