सोमबार, असार २३, २०८२

कोभिड अपडेट : ६२० जना संक्रमित थपिए, एकको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ६२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना संक्रमितको मृत्‍यु भएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ६२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना संक्रमितको मृत्‍यु भएको छ। योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

आज २९० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

आइतबार काठमाडौं उपत्यकामा ३१३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा २५२, भक्तपुरमा १५ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन्।

ललितपुरमा पनि सक्रिय संक्रमितको संख्या ५०५ पुगेसँगै काठमाडौं र ललितपुर कोभिड १९ को ‘रेड जोन’मा परेका छन्। योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार १४७ पुगेको छ।

आज देशभरका ४७ जिल्लामा संक्रमित थपिएका छन्। देशभर रहेका ४ हजार ५६७ जना सक्रिय संक्रमितमध्ये ४ हजार ४२४ जना होम आइसोलेसनमा र १४३ जना संस्थागत आइसोलेसनमा छन्।

अस्पतालमा रहेकामध्ये ३३ जना आईसीयूमा र पाँचजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Jul 31, 2022| 16:23 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्