सोमबार, असार २३, २०८२

टेक्सस कलेजले पढाउँछ विद्यार्थीलाई किताबी ज्ञानसँगै जीवनोपयोगी शिक्षा

विद्यार्थीलाई किताबी कोर्षका अलावा सैद्धान्तिक र रोजगारमूलक शिक्षा दिँदै आएको टेक्ससमा अहिले कक्षा ११ देखि स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा मात्रै ५ हजार बढी विद्यार्थीले भविष्यको बाटो कोरिरहेका छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं– विद्यार्थीको स्नातक (ब्याचलर) तहको शिक्षाले उसको भविष्यको गोरेटो निर्धारण गर्छ। प्लस टु उत्तीर्णपछि स्नातकका लागि आधार तयार गर्छ भने स्नातकपछिको अध्ययन गन्तव्यको बाटो मानिन्छ। 

विशेषगरी प्लस टु र स्नातकमा कुन विधा, के विषय छनोट गर्ने भन्ने कुरा निकै महत्त्वपूर्ण मानिन्छ, विद्यार्थीका लागि। पछिल्लो समय अधिकतम विद्यार्थीको रोजाइको विधा बन्दै गएको छ, ‘म्यानेजमेन्ट र आईटी’।

म्यानेजमेन्ट र आईटी कोर्ष गर्न कयौं नेपाली विद्यार्थी लाखौं खर्चिएर विदेश जान्छन्। तर नेपालमा पनि अब्बल कलेजहरू सञ्चालन भइरहेका छन्। त्यसमध्ये एक हो–टेक्सस। अर्थात्, टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी। 

‘विद्यार्थीलाई किताब मात्रै हैन, जीवन पनि पढाउँछौं,’ टेक्सस कलेजका सीईओ तथा प्रध्यापक भेषराज पोखरेलको भनाइ हो, यो। उनी भन्छन्, ‘शिक्षा गुणस्तरीय हुनुपर्छ। त्यो व्यावहारिक पनि हुनुपर्छ भन्ने उद्देश्यका साथ हाम्रो कलेजमा पढाइ हुन्छ।’ 

काठमाडौंको सिफलमा रहेको कलेज सन् २००९ मा स्थापना भएको हो। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक्सस कलेजमा मलेसियाको लिंकन युनिभर्सिटी कलेजसँगको सहकार्यमा अध्ययन/अध्यापन हुँदै आएको छ। 

विद्यार्थीलाई प्लस टुदेखि नै व्यावहारिक अर्थात् व्यवसाय केन्द्रित सीप तथा सिकाइमा अब्बल बनाउने उद्देश्यले टेक्सस स्थापना भएको कलेजको बिजनेस विभागका निर्देशक नारायण पोखरेल बताउँछन्। 

कलेजले स्थापनाको तीन वर्षपछि स्नातक तहको पठनपाठन सुरु ग¥यो। निर्देशक पोखरेलका अनुसार प्लस टुका विद्यार्थीलाई दिइने शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्न आधारशिला तयार भए पनि त्यो पूर्ण नहुने हुँदा स्नातक हुँदै टेक्ससमा स्नातकोत्तर तहको पठनपाठन सुरु गरियो। 

‘टेक्ससको शिक्षा पद्धति अर्थात् मान्यता भनेको विद्यार्थी अध्ययनकै क्रममा सीपयुक्त बन्नुपर्छ भन्ने हो,’ उनले भने, ‘विद्यार्थीले पढ्नुपर्यो, नतिजा राम्रो ल्याउनुपर्यो। साथै, सीप विकासका लागि पढाइसँग सम्बन्धित प्रोजेक्टहरू पनि सम्पन्न गरी दक्षता हासिल गर्नुपर्यो।’

त्रिभुवन विश्वविद्यालय र लिंकन युनिभर्सिटीको कोर्षमा आधारित रहेर अध्यापन गराउँदै आएको टेक्ससले आफ्नै छुट्टै कोर्ष पनि समेटेको छ। उक्त कोर्षका विषयवस्तुलाई व्यावहारिक रूपमा उतार्ने अभ्यास गराइन्छ। 

‘पाठ्यक्रमका विषयवस्तुलाई समेट्ने गरी प्रयोगात्मक रूपले पठनपाठन गराउन आन्तरिक पाठ्यक्रमको व्यवस्था गरेका छौं,’ उनले भने, ‘पाठ्यक्रममा जे पढाउँछौं, त्योसँग सम्बन्धित सीपयुक्त व्यावहारिक ज्ञान प्रोजेक्ट बनाएरै अगाडि बढाउँछौं।’ 

विद्यार्थीले कम्प्युटर पढ्छन् भने त्यसमा के पढ्ने, सोहीअनुसार प्रयोगात्मक रूपमा सोही कोर्षलाई अगाडि बढाउने नयाँ ढाँचाको खाका कलेजले निर्माण गरिरहेको  पोखरेलले बताए। त्यसभित्र एनिमेसन, वेबसाइट डिजाइन, ग्राफिक डिजाइनलगयत कोर्ष अध्यापन गराइन्छ। उनका अनुसार कोर्स सकिँदै गर्दा सम्बन्धित विषयमा विद्यार्थी पोख्त हुनुपर्ने मान्यता राखिने गरेको छ। 

उनले भने, ‘कोर्स सकिँदा सम्बन्धित क्षेत्रमा विद्यार्थीले जागिर वा पेसाकोे रूपमा काम गर्न चाहे ऊ उक्त कामका लागि योग्य बन्नुपर्छ र बन्छ।’ अंग्रेजी र नेपाली विषयमा समेत व्यावहारिक सीपमूलक विषय समेटेर आन्तरिक पाठ्यक्रम बनाइएको उनको भनाइ छ। उनले थपे, ‘अन्य व्यावहारिक विषयमा सोहीअनुसार पठनपाठन गर्ने कोर्स बन्ने नै भए।’

विद्यार्थीलाई किताबी कोर्षका अलावा सैद्धान्तिक र रोजगारमूलक शिक्षा दिँदै आएको टेक्ससमा अहिले कक्षा ११ देखि स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा मात्रै ५ हजार बढी विद्यार्थीले भविष्यको बाटो कोरिरहेका छन्।

विद्यार्थीलाई ल्याबमा लगेर औपचारिक रूपमा सिकाउने तर उनीहरूले सिके/नसिकेको र त्यसलाई निरन्तरता दिने कुराको विकास नेपालमा अहिलेसम्म विकसित हुन नसकेको उनको बुझाइ छ। 

‘शिक्षा किताबी कोर्ष मात्रै हैन, व्यावहारिक ज्ञान पनि हो भनेर विद्यार्थीलाई अनुभूति गराउने हाम्रो मूल उद्देश्य रहन्छ,’ उनले भने, ‘टेक्ससले प्रोजेक्ट वेसमै अभ्यास गराउँदै आएको छ। विद्यार्थीले कोर्ष सक्दा स्वावलम्बी बन्ने क्षमताको विकास भइसकेको हुन्छ।’ 

कलेजले ‘इन्डस्ट्री र एकेडमी’लाई समानुपातिक रूपमा अगाडि बढाउने गरी शिक्षा दिइरहेको पोखरेलले बताए। ‘देश विकासका प्रोजेक्टले दक्ष जनशक्ति खोज्छ, पाउँदैन। अर्काेतिर शिक्षित बेरोजगारको संख्यामा पनि कमी छैन। अहिले आफैं देख्न सक्छौं,’ उनले भने, ‘यही अन्तरलाई चिर्ने गुणस्तरको शिक्षा टेक्ससले दिँदै आएको छ।’  

नेपालमा सञ्चालन भइरहेका उद्योगमा दक्ष कामदार नपाइनु र उच्च शिक्षा हासिल गर्दा पनि जागिर नपाइनुको मुख्य कारण नै सैद्धान्तिक पठनपाठन अभाव रहेको बताउँछन्, उनी। सोही व्यवस्थालाई आधुनिकीकरण गर्दै कलेज अगाडि बढेको उनले बताए। 

कलेजले विद्यार्थीको सीप र क्षमतालाई थप उजागर गर्न कक्षाकोठामा मात्रै सीमित नभई अन्य सम्बन्धित संघ–संस्थासँग पनि सहकार्य गर्दै आएको छ। स्किल ल्याब नामक संस्थासँग विज्ञानतर्फका विद्यार्थीको दक्षता अभिवृद्धि र बैंक तथा इन्स्योरेन्ससँग सम्बन्धित तालिमका लागि नेसनल बैंकिङ इन्स्टिच्युटसँग पनि सहकार्य गर्दै आएको  छ। 

उनका अनुसार तेस्रो सेमिस्टार सक्दासम्म विद्यार्थीले केही न केही व्यावसायिक तथा जागिरे ‘करियर’ सुरु गरिसकेका हुन्छन्। कलेजबाटै ‘पास आउट’ भएर विद्यार्थीले आबद्धता जनाएका संस्थाहरूसँग समेत सहकार्य गर्दै आएको पोखरेलले बताए। 

कलेजले ल्याब तथा पूर्वाधारका आधारमा विद्यार्थी भर्ना गर्दै आएको छ। कलेजले विधा र विषयअनुसार कोटा छुट्याएर विद्यार्थी भर्ना गर्दै आएको उनी बताउँछन्। 

अतिरिक्त क्रियाकलापमा कलेजको सक्रियता

कलेजले वार्षिक दुई वटा प्रदर्शनी अर्थात् ‘एक्स्पो’ कार्यक्रम आयोजना गर्दै आएको छ। कलेजले ६/६ महिनामा यस्ता कार्यक्रम सञ्चालन गर्छ। 

एउटा स्नातक आईटीका विद्यार्थीलाई प्राथमिकतामा राखेर प्लस टुका विद्यार्थीलाई सहभागी गराइने गरेको छ। अर्काे पटकमा प्लस टुका विज्ञानतर्फका विद्यार्थीलाई प्राथमिकतामा राखी कार्यक्रम आयोजना गरेर स्नातक तहका विद्यार्थीलाई सहभागी गराइन्छ। 

एक्स्पोमा सहभागी विद्यार्थीले आफ्नो इच्छा र क्षमताअनुसारका सामग्री राख्न सक्छन्। यसबाट पनि विद्यार्थीमा सीप विकास तथा क्षमता प्रस्फुटन हुन सघाउँछ। विद्यार्थीलाई हौसला दिन एक्स्पोमा राखिने विषयवस्तुमध्येबाट उत्कृष्टलाई पुरस्कारको व्यवस्था गरिएको हुन्छ। प्रथम, द्वितीय र तृतीय गराई नगद रकम पुरस्कारको व्यवस्था गरिएको हुन्छ। विद्यार्थीले आफ्नो चाहनाअनुरूप रकमको उपयोग गरुन् भन्ने उद्देश्यले नगद पुरस्कार राख्ने गरिन्छ। 

यस्ता कार्यक्रमले विद्यार्थीलाई सिर्जनात्मक र प्रतिस्पर्धी बन्न विशेष रुचि बढ्ने उनले बताए। केही दिनअघि मात्रै टेक्ससले ‘साइन्स एन्ड आईटी एक्स्पो’ सञ्चालन गरेको थियो।

त्यस्तै, विद्यार्थीको सिर्जनशील तथा खोज क्षमता वृद्धि गर्न कलेज परिसरभित्रै इन्क्युभेसन सेन्टर निर्माण गरिएको छ। उक्त सेन्टरमा विद्यार्थीले नियमित खोज तथा अनुसन्धान गर्न सक्छन्। कलेजले खेलमा रुचि भएका विद्यार्थीका लागि क्रिकेट एकेडेमी, ब्याडमिन्टन, फुटसल र स्विमिङ पुलको पनि व्यवस्था गरेको छ।

के–के पढाइ हुन्छ टेक्ससमा?

टेक्ससमा प्राथमिक (नर्सरी) देखि स्नातकोत्तर(मास्टर्स) सम्मको पढाइ हुन्छ। विशेषगरी प्लस टु, स्नातक र स्नातकोत्तरमा साइन्स र आईटीका विद्यार्थी कलेजका लक्षित वर्गभित्र पर्छन्। प्लस टुतर्फ विज्ञान, व्यवस्थापन, कानुन र मानविकी (साइन्स, म्यानेजमेन्ट, ल एन्ड ह्युमानिटी) विधाको अध्ययन हुन्छ। 

स्नातकतर्फ बीएस्सी, सीएसआईटी, बीसीए, बीबीएम, बीबीएस, बीए, बीएसडब्लु, बीबीए, बीआईटी बीसीएस, बीएचएमतर्फको अध्ययन हुन्छ भने स्नातकोत्तरतर्फ एमबीएस, एमबीए र एमसीएसतर्फको अध्ययन हुन्छ। 

कलेजमा हाल कक्षा १२ मा साढे ६ सय विद्यार्थी भर्ना भएका छन्। त्योभन्दा अगाडि पनि साढे ६ सय विद्यार्थी पासआउट भएका थिए। पौडेलका अनुसार अहिले पनि साढे ६ सयकै हाराहारी विद्यार्थी ल्याउने लक्ष्यअनुसार तयारी भइरहेको छ।

केही दिन अगाडिदेखि नै प्रि–एडमिसन चलिरहेको थियो। अब एसईईको नतिजा आइसकेकाले भर्ना सुरु भइसकेको छ। कलेजले एसईईमा राम्रो नतिजा ल्याएर प्लस टु अध्ययन गर्न आउने ४० जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ। 

स्थापनाको वर्ष ८० विद्यार्थी रहेको टेक्ससमा अहिले कक्षा ११ देखि स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा मात्रै ५ हजार बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन्। त्यस्तै ३ सय ५० जना भन्दा धेरै शिक्षक तथा कर्मचारीले टेक्सासमा काम गर्छन् । त्यसमध्ये करिब ८०÷९० जना विद्यार्थी कलेजकै होस्टलमा रहेका छन्।

प्रकाशित: Jul 31, 2022| 11:03 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्