सोमबार, असार २३, २०८२

२४ घण्टामा थपिए ४३८ कोरोना संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४३८ कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४३८ जनामा संक्रमण पुष्टि भएको हो भने दुई जनाको मृत्यु भएको छ।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४३८ कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४३८ जनामा संक्रमण पुष्टि भएको हो भने दुई जनाको मृत्यु भएको छ। 

देशभर गरिएको १ हजार ७७९ पीसीआर परिक्षणका क्रममा २९२ जना र १ हजार ९२० एन्टिजेन परिक्षणका क्रममा १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

देशभर हालसम्म पीसीआर परीक्षणबाट ९ लाख ८६ हजार १०० जना र एन्टिजेनबाट एक लाख ४२ हजार ५०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। हालसम्म देशभर कोरोनाका कारण ११ हजार ९६६ जनाको मृत्यु भइसकेको छ।

हाल सक्रिय संक्रमितको संख्या ४ हजार ३६९ छ भने २४ घण्टामा २७७ जना डिस्चार्ज भएका छन्। हालसम्म नेपालमा ९ लाख ६९ हजार ९ सय ६५ जना संक्रमण मुक्त भएका छन्। हाल कोरोना संक्रमणदर १.२ प्रतिशत रहेको जनाइएको छ। 


प्रकाशित: Jul 30, 2022| 17:48 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्