काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोनाका ५७७ नयाँ संक्रमित थपिएको विवरण सार्वजनिक गरेको छ। सोही अवधिमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ।
४ हजार २८२ को नमुना परीक्षण गरिएकामा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ। यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३५६ पुगेको छ।