सोमबार, असार २३, २०८२

कोरोना परीक्षणको १४ प्रतिशतमा संक्रमण पुष्टि

पछिल्लो समय कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- पछिल्लो समय कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार परीक्षण गरिएको नमूनाको १४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ।

पाँच हजार २५ नमूनाको परीक्षण गर्दा ७१० जनामा बिहीबार संक्रमण पुष्टि भएको छ। जुन १४ प्रतिशत बढी हो। आज दुई हजार ५४१ नमूनाको पिसीआर विधिबाट परीक्षण गर्दा ५२४ र दुई हजार ४८४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

आज २१५ सङ्क्रमणमुक्त भएका छन्। दुई जनाको मृत्यु भएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २३६ पुगेको छ। आज ५९ हजार ४७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। 

देशभर बुधबार ५६४ कोरोना संक्रमित थपिए भने एक जनाको संक्रमणबाट मृत्यु भएको छ। मंगलबार देशरभ ६३८ संक्रमित थपिँदा दुई जनाको मृत्यु भएको थियो। त्यसैगरी सोमबार ५६८ कोरोना संक्रमित थपिँदा एक जनाको मृत्यु भएको थियो। 

आइतबार देशभर ३४७ कोरोना संक्रमित थपिएका थिए दुई जनाको मृत्यु भएको थियो। शनिबार ३३५, शुक्रबार ४५६ र बिहीबार ४३५ कोरोना संक्रमित थपिएका थिए। 


प्रकाशित: Jul 28, 2022| 21:40 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्