सोमबार, असार २३, २०८२

७ दिनमा ३३४३ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

पछिल्लो केही साता यता कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ। देशभर पछिल्लो सात दिनमा तीन हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा नै देशभर ६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु पनि भएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं- पछिल्लो केही साता यता कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ। देशभर पछिल्लो सात दिनमा तीन हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा नै देशभर ६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु पनि भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर ५६४ कोरोना संक्रमित थपिए भने एक जनाको संक्रमणबाट मृत्यु भएको छ। मंगलबार देशरभ ६३८ संक्रमित थपिँदा दुई जनाको मृत्यु भएको थियो। त्यसैगरी सोमबार ५६८ कोरोना संक्रमित थपिँदा एक जनाको मृत्यु भएको थियो। 

आइतबार देशभर ३४७ कोरोना संक्रमित थपिएका थिए दुई जनाको मृत्यु भएको थियो। शनिबार ३३५, शुक्रबार ४५६ र बिहीबार ४३५ कोरोना संक्रमित थपिएका थिए। 

हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ रहेको छ। हालसम्म होम आइसोलेसनमा तीन हजार सात सय ९४, संस्थागत आइसोलेसनमा एक सय ३५, सघन उपचार कक्ष (आइसीयू)मा  ३२ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ। यसैगरी विगत २४ घण्टामा एक लाख एक हजार छ सयले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 

प्रकाशित: Jul 27, 2022| 21:00 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्