काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४५४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
२ हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र १ हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ। त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।
हाल नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ पुगेको छ।