मंगलबार, असार २४, २०८२

बालबालिकामा एडिनो भाइरसको संक्रमण बढ्दो, कसरी जोगिने?

बालबालिकामा पछिल्लो समय एडिनो भाइरसको संक्रमण पाइएको छ। काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण पुष्टि भएको हो।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं- बालबालिकामा पछिल्लो समय एडिनो भाइरसको संक्रमण पाइएको छ। काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण पुष्टि भएको हो।

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएका १३ वटा नमुनामध्ये १२ वटामा एडिनो भाइरसको संक्रमण देखिएको छ।

ती १२ नमुनामध्येबाट पनि तीन जनामा इन्फ्लुएन्जा 'ए' पनि देखिएको कान्ति बाल अस्पतालका निर्देशक डा. युवनिधि बर्सौलाले बताए।

एडिनो भाइरस भएका बालबालिकामा रुघा, ज्वरो, घाँटी दुख्ने, स्वासप्रस्वासमा गाह्रो हुनेजस्ता समस्या देखिन्छन्। एडिनो भाइरस मुख्यतया व्यक्ति–व्यक्तिको सम्पर्क, श्वासप्रश्वासको सम्पर्कबाट फैलिने जनस्वास्थ्य अधिकारीहरूले बताएका छन्।

एडिनो भाइरस भएको व्यक्तिको हात छोएमा वा खेलौना वा अन्य वस्तु भएको व्यक्तिले छोएर आफ्नो मुख, नाक वा आँखा छुँदा संक्रमण लाग्ने जोखिम बढी हुने बर्सौलाको भनाइ छ।

बालबालिका एडिनो भाइरसको सम्पर्कमा आएपछि दुई हप्तासम्म लक्षण देखिनसक्ने र विस्तारै आफै ठिक हुने बर्सौलाले बताए।

यो संक्रमणको खासै औषधि नहुने भएकाले एडिनो भाइरसका लक्षण देखिएमा पानी खुवाउने, ज्वरो आए कपडा खोलिदिने, पानीपट्टी लगाउने, झोलिलो पदार्थ खुवाउने, सिटामोल खुवाउने जस्ता कार्य गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ। बालबालिकामा यस्तो समस्या देखिँदा नआत्तिन चिकित्सकले सुझाव दिएका छन्।

प्रकाशित: Jul 27, 2022| 06:53 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्