मंगलबार, असार २४, २०८२

कोभिड अपडेट : ५६८ जना संक्रमित थपिए, ४१ जिल्लामा फैलियो संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ  भने ९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ पुगेको छ।

मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा २४२, भक्तपुरमा १७ र ललितपुरमा ३६ जना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ४१९ पुगेको छ।

आज ४१ जिल्लामा कोभिड–१९ का संक्रमित देखिएका छन्। देशभर रहेका ३ हजार ५३४ जना सक्रिय संक्रमितमध्ये तीन हजार ४०७ जना होम आइसोलेसनमा र १२७ जना संस्थागत आइसोलेसनमा छन्। अस्पतालमा रहेकामध्ये २७ जना आईसीयूमा र दुईजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jul 25, 2022| 17:03 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्