काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ।
मन्त्रालयका अनुसार २ हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो। १ हजार ८८ पीसीआर परीक्षणमा २१६ र १ हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ९७१ रहेको छ।