मंगलबार, असार २४, २०८२

स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना बढ्न थाल्यो, सावधानी अपनाउनू

भीडभाड हुने स्थान र सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन नागरिकलाई मन्त्रालयको आग्रह।
 |  शुक्रबार, साउन ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ६, २०७९

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्न थालेको बताउँदै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ। 

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले सूचना जारी गरी भीडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन नागरिकलाई आग्रह गरेका छन्।  भीडभाड हुने, विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायातजस्ता स्थानमा मास्क अनिवार्य प्रयोग गर्न सुझाव दिइएको छ। 

यस्तै, मन्त्रालयले कोरोनाविरुद्ध खोप नलगाएका नागरिकलाई लगाउन अनुरोध गरेको छ। कसैलाई कोरोना लागे अस्पताल गई उपचार गराउन पनि मन्त्रालयले आग्रह गरेको छ। देशभर बिहीबार ४३५ जनामा कोरोना पुष्टि भएको छ।

३ हजार ५६९ जनाको नमुना परीक्षण गर्दा ४३५ जनामा कोरोना देखिएको हो। मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५३७ छ।

प्रकाशित: Jul 22, 2022| 11:51 शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्