मंगलबार, असार २४, २०८२

हेराल्ड कलेजका विद्यार्थी दीक्षित

काठमाडौंको हाडीगाउँस्थित हेराल्ड कलेजमा अध्ययनरत विद्यार्थीको पहिलो दिक्षान्त समारोह सम्पन्न भएको छ। दिक्षान्त समारोहमा बिएससी अनर्स कम्प्युटर साइन्स कोर्ष पूरा गरेका ६७ जना विद्यार्थी दीक्षित बनेका छन्।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

काठमाडौंको हाडीगाउँस्थित हेराल्ड कलेजमा अध्ययनरत विद्यार्थीको पहिलो दिक्षान्त समारोह सम्पन्न भएको छ। दिक्षान्त समारोहमा बिएससी अनर्स कम्प्युटर साइन्स कोर्ष पूरा गरेका ६७ जना विद्यार्थी दीक्षित बनेका छन्।

यो कलेज बेलायतको उल्भरहेम्टन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा विश्वविद्यालयका सह उपकुलपति टिच स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे। सन् २०१६ को सेप्टेम्बरबाट कक्षा सुरु गरेको हेराल्ड कलेज विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंका कलेजहरुमध्ये उत्कृष्ठ मानिन्छ।

दिक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि सहकुलपति टिच स्टिलले नेपालमा सम्बन्धन प्राप्त कलेजले उत्कृष्ट शिक्षा दिएकोमा खुशी लागेको बताए। सो विश्वविद्यालयले विराटनगरको मेरिल्याण्ड कलेजलाई पनि सम्बन्धन दिएको छ।

ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले यस कलेजमा पढ्ने विद्याथीहरु मुलुकभित्रका सरकारी निकाय तथा उत्कृष्ट व्यापारिक प्रतिष्ठानमा सजिलै रोजगारीमा लागेको दाबी गरे। 

प्रकाशित: Jul 21, 2022| 16:16 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्