मंगलबार, असार २४, २०८२

कोरोनाका ३९१ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३ हजार ९८१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३  हजार ९८१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ५६२ नमुनाको पीसीआर र १  हजार ४१९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण भएको  थियो। पीसीआरबाट ३४० र एन्टिजेनबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार थप ४६ जना कोरोनामुक्त भएका छन्। हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २ हजार २७६ रहेको छ।

प्रकाशित: Jul 20, 2022| 16:44 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्