मंगलबार, असार २४, २०८२

आउँदो साता एसईई नतिजा

गत वैशाखमा भएको एसईई परीक्षामा ५ लाख १४ हजार ९६७ विद्यार्थी सहभागी भएका थिए।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक साताभित्र प्रकाशित गरिने भएको छ।

अबको एक साताभित्र एसईई नतिजा प्रकाशित गरिने राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष महाश्रम शर्माले बताएका हुन्।

‘असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी थियो। निर्वाचनका कारण केही ढिला भयो। अब एक साताभित्रै प्रकाशित हुन्छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशनका लागि आवश्यक तयारी भइरहेका छन्।’

गत वैशाखमा भएको एसईई परीक्षामा५ लाख १४ हजार ९६७ विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित: Jul 20, 2022| 11:23 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्