मंगलबार, असार २४, २०८२

स्थानीय तहमा आधारभूत अस्पतालका लागि तोकियो दरबन्दी

स्थानीय तहका सम्बन्धित वडामा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र आधारभूत अस्पतालमा गाभ्नुपर्ने प्रस्ताव।
 |  मंगलबार, साउन ३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३, २०७९

काठमाडौं– सरकारले स्थानीय तहमा सञ्चालन हुने ५, १० र १५ शय्याका आधारभूत अस्पतालका लागि संगठनात्मक संरचना र दरबन्दी तयार गरेको छ। स्वास्थ्य मन्त्रालयबाट स्वीकृत नमुनाको संठनात्मक संरचना र दरबन्दीबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई पत्राचार गरिसकेको छ ।

५ शय्याको अस्पतालका लागि आठौं तहको मेडिकल अधिकृतको नेतृत्वमा १८ कर्मचारी दरबन्दी रहने प्रस्ताव गरिएको छ। एक मेडिकल अधिकृतसँगै ४ जना स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेन्ट दरबन्दी प्रस्ताव गरिएको छ।

१० शय्याको अस्पतालमा ८औं तहका मेडिकल अधिकृतको नेतृत्वमा २२ जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ भने २ मेडिकल अधिकृत, ६ स्टाफ नर्स र ४ हेल्थ असिस्टेन्ट रहने गरी दरबन्दी प्रस्ताव गरिएको छ।

१५ शय्याको अस्पतालमा ९औं वा १०औं तहको मेडिकल जनरलिस्ट दरबन्दी प्रस्ताव गरिएको छ। २ मेडिकल अधिकृत, ६ स्टाफ नर्स र ४ हेल्थ असिस्टेन्टका लागि दरबन्दी प्रस्ताव गरिएको हो।

मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन भएका स्थानीय तहका सम्बन्धित वडामा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र सोही अस्पतालमा समाहित गर्नुपर्ने बताएको छ।

प्रकाशित: Jul 19, 2022| 17:14 मंगलबार, साउन ३, २०७९
प्रतिक्रिया दिनुहोस्