काठमाडौं– स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ। मन्त्रालयका अनुसार ३ हजार ३२८ को परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो।
१ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मंगलबार थपिएकासँगै कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ। पछिल्लो २४ घन्टामा ६२ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ।
हाल १ हजार ८६५ जना होम आइसोलेसनमा छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन्। मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ।