मंगलबार, असार २४, २०८२

कोरोना संक्रमणको ग्राफ उकालो लागे पनि गम्भीर भने छैनन् बिरामी

असार २६ गते १२१ मा संक्रमण र ६७८ सक्रिय संक्रमित रहेकोमा सोमबार सक्रिय संक्रमित एक हजार ७७६ पुगेका छन्। आइतबार साउन १ गते र सोमबार संक्रमणका कारणले एक–एक संक्रमितको ज्यान गएको छ। संक्रमण असारदेखि उकालो लाग्न थालेको हो।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

काठमाडौं– कोरोना भाइरसको संक्रमण एक हप्तादेखि उकालो लागेको छ। गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको संक्रमितको संख्या सोमबारसम्म आइपुग्दा ४५७ पुगेको छ।

असार २६ गते १२१ मा संक्रमण र ६७८ सक्रिय संक्रमित रहेकोमा सोमबार सक्रिय संक्रमित एक हजार ७७६ पुगेका छन्। आइतबार साउन १ गते र सोमबार संक्रमणका कारणले एक–एक संक्रमितको ज्यान गएको छ। संक्रमण असारदेखि उकालो लाग्न थालेको हो।

असार २७ गते १६८, असार २८ गते १७७, असार २९ गते २०६ असार ३० गते २६०, असार ३१ गते २२९, असार ३२ गते २०५ र साउन १ गते १३५ मा संक्रमण देखिएको छ। शून्य दशमलव पाँच प्रतिशतमा रहेको संक्रमण अहिले ९.८२ प्रतिशत पुगेको छ। पाँच सयभन्दा बढी संक्रमित काठमाडौँ जिल्लामा रहेका छन्। शून्य संक्रमित हुने जिल्ला पनि घटेर आठ मात्र पुगेको छ। 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढेको बताउँछन्। ‘भारतमा दैनिक संक्रमण बढिरहेको छ। भारतबाट हजारौं मानिस नेपालको सीमा हुँदै प्रवेश पनि गरिरहेका छन्। ती सीमा नाकाबाट प्रदेश गर्नेमा दैनिक संक्रमण देखिएको छ। ती मानिसले नै संक्रमण सारिरहेका छन्,’ उनले भने। 

उनका अनुसार भारतमा संक्रमण बढ्नुका साथै नेपालमा जनस्वास्थ्यका मापदण्ड लागू नगर्नाले संक्रमण बढेको हो। मानिसले जनस्वास्थ्यका मापदण्ड मास्क नलगाउने, भीडभाड गर्ने, साबुन पानीले हात नधुने, भौतिक दूरी कायम नगर्ने जस्ता कारणले पनि संक्रमण फैलिएको बताइन्छ। 

नेपालमा पनि अणुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा ओमिक्रोन भेरियन्ट ‘विएफाइभ’ प्रजातिको  संक्रमित भेटिएको छ। उनले बिएफाइभ प्रजातिको संक्रमण फैलिने उच्च दर रहेकाले अहिले संक्रमित बढेको बताए। महाशाखाका निर्देशक दासले संक्रमित बढ्न थालेपछि अस्पताल र प्रयोगशालालाई तयारी अवस्थामा राखिएको बताए। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा रावल गत हप्तादेखि बिरामी उपचारका लागि आउने गरेको बताउँछन्। उनका अनुसार अस्पतालमा तेस्रो लहरपछि पहिलो पटक असारमा बिरामी उपचारका लागि आएका थिए। अहिले अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ।

तीमध्ये सघन उपचार कक्ष (आइसियु) मा एक र चारले क्याबिनमा उपचार गराइरहेका छन्। अस्पतालमा साउन १ गते ३८ परीक्षण गर्दा १८ मा कोरोना पोजिटिभ देखिएको थियो। उनले अहिलेका बिरामीमा ज्वरो, रुघाखोकी भए पनि गम्भीर नरहेको र अक्सिजन नचाहिएको बताए। 


प्रकाशित: Jul 18, 2022| 20:23 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्