मंगलबार, असार २४, २०८२

दैनिक कोभिड अपडेट : १३५ संक्रमित थपिए, एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जना संक्रमितको मृत्यु भएको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो साढे दुई महिनायता पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो। पछिल्लो पटक गत वैशाख २१ गते एक जनाको मृत्यु भएको थियो भने त्यसभन्दा अघि चैत ८ गते एक जनाको मृत्यु भएको थियो।

गत फागुन पहिलो र दोस्रो साता कोरोना संक्रमित बिरामीको मृत्यु हुने दर उच्च रहे पनि त्यसपछि घटेको थियो।

पछिल्लो २४ घण्टामा ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको हो।

सोही अवधिमा ५९ जना संक्रमणमुक्त भएका  छन्। आजको दिनमा सक्रिय संक्रमितको संख्या १ हजार ४३९ रहेको छ।

प्रकाशित: Jul 17, 2022| 16:45 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्