धादिङ- धादिङ जिल्लामा डेंगुका बिरामी बढ्न थालेका छन्। पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेंगुका बिरामी पहिचान भएका हुन्।
बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेंगुको संक्रमण पुष्टि भएको हो।
पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेंगुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ।
धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मधुकर दाहालले लामखुट्टेबाट बच्न ज्वरो आएमा, बान्ता भएमा वा डेंगुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गरेका छन्।