काठमाडौं– सत्ताधारी गठबन्धनले आइतबार संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ।
सहमतिमा कार्यान्वयन गरी सार्वजनिक साझा कार्यक्रममा तीव्र आर्थिक विकासका लागि 'पाँच ज' को उच्चतम सदुपयोग गरिने उल्लेख गरिने छ। जस अन्तर्गत जल, जमिन, जंगल, जनशक्ति, जडीबुटी र जनशक्तिको उच्चतम सदुपयोग गरिने उल्लेख गरिएको छ।
‘जल, जमिन, जंगल, जडीबुटी र जनशक्ति जस्तो महत्वपूर्ण स्रोत साधनहरुको उच्चतम सदपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्याउनका लागि पूर्वाधार तयार गर्ने र उत्पादक तथा उत्पादकत्व वृद्धि गर्दै समन्यायिक वितरणमा आधारित आर्थिक नीति अवलम्बन गर्ने’ साझा न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ।