आइतबार, जेठ ५, २०८२

कैलाली पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा

कैलालीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। धनगढीमा एक कार्यक्रमका बिच सामाजिक विकास मन्त्री गोविन्द बोहरा र राज्यमन्त्री टेकबहादुर रैकाले कैलालीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन्।
 |  शुक्रबार, असार ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३१, २०७९

धनगढी– कैलालीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। धनगढीमा एक कार्यक्रमका बिच सामाजिक विकास मन्त्री गोविन्द बोहरा र राज्यमन्त्री टेकबहादुर रैकाले कैलालीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन्।

जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै मन्त्री गोविन्द बोहराले राज्यको दायित्व जीवन सुरक्षित गर्नु रहेको बताए। ‘राज्यको दायित्व जीवन सुरक्षित गर्नु हो’ मन्त्री बोहराले भने, प्रदेश सरकार जीवन सुरक्षित गर्न लागि परेको छ।’

मन्त्री बोहराले भने, ‘नागरिकले धेरै पैसा खर्च गरेर उपचार गर्न सक्ने अवस्था छैन । हामी स्वास्थ्य बिमालाई प्राथमिकता दिएर अगाडि बढेका छौं । हामी हरेका पालिकामा स्वास्थ्य शिविर चलाउने गरि अगाडि बढेका छौं।’ 

‘अरु विकास केही समय ढिलो गर्दा पनि हुन्छ । तर, स्वास्थ्य अत्यन्तै महत्वपूर्ण भएकाले यसलाई पहिलो प्राथमिकता राखेर अगाडि बढ्नुपर्छ,’ मन्त्री बोहराले थपे, ‘सडक एक वर्ष ढिलो बनाउँदा पनि हुन्छ। त्यो सडकमा पहिले पनि हामी हिड्यौं, एक वर्ष अझै हिड्न सक्छौं।’ तर, केही मिनेट ढिलो हुँदा व्यक्तिको ज्यान जान सक्छ । त्यसैले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ।’

जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गर्न पूर्ण खोप समन्वय समिति कैलाली र स्वास्थ्य कार्यालय कैलालीले धनगढीमा एक कार्यक्रमको आयोजना गरेको हो।  ‘स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागीता, पूर्ण खोप जिल्ला सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराको साथ कैलालीलाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । कैलालीमा एक उपमहानगरसहित १३ पालिका रहेका छन् । यसअघि पालिकाले पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेका छन्। 

जिल्लामा तीन सय ६५ खोप केन्द्र रहेको छ । जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम कलेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुखु तथा स्वास्थ्य शाखा प्रमुखको सहभागीता रहेको थियो।  कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित: Jul 15, 2022| 16:10 शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।